Logo

मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम



काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्