Logo

कामना विकास बैंकद्वारा १७औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं, १४ असार । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न.पा. वडा नं. ०१ को पथरको टमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बुद्धभुमी न.पा. वडा नं. ०१ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्