Logo

नेपालमा लगानी गर्न आग्रह



काठमाडौँ,१४ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग आग्रह गरेको हो । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताए ।

नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलियन जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया सरकारले उच्च प्राथमिकतामा राखेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्