Logo

पाकिस्तानमा बालकलाई पोलियो खोप दिदादिदै आक्रमण हुँदा तीनजनाको मृत्यु



एजेन्सी, १४ असार । पाकिस्तानमा पोलियो खोप लगाउन खटिएको टोलीमाथि आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । मङ्गलबार खैबर पक्तुनख्वा प्रान्तमा भएको घटनामा दुई प्रहरी र एक पोलियो खोपमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

सिन्ह्वा समाचार संस्थाका अनुसार प्रहरीले सुरक्षा दिएर खोपका दिइरहेको टोलीमाथि उत्तर वजरिस्तानको जिल्लामा आक्रमण भएको थियो । अज्ञात बन्दुकधारीले टोलीमाथि आक्रमण गरी भागेका थिए ।

खोप लिइरहेका बालक पनि घाइते भएको जनाइएको छ । पाकिस्तानमा कट्टरपन्थी मुसलमान समूहले कुनैपनि खोपको विरोध गर्दै आएका छन् । उनीहरुले खोप लगाउने टोलीमाथि समेत आक्रमण गर्दै आएका छन् ।

यसैगरी, पाकिस्तानको पञ्जाब प्रान्तमा विषालु ग्याँसबाट पाँचजनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्