Logo

इटहरीमा थुप्रै वस्ती डुबानमा, स्थानीय त्राहीमाम



इटहरी, असार १५ । सालिन्दा बर्खा लाग्दा खोला तथा नदीहरुमा पानीको सतह बढनु स्वभाविक भएपनि इटहरीमा भने पानी पर्दा स्थानीयबासी त्राहीमाम हुने गरेका छन्। यसैक्रममा सोमबार रातिदेखि परेको वर्षाले इटहरी उपमहानगरपालिका क्षेत्रभित्र थुप्रै बस्ती डुबाउँदा स्थानीय त्राहीमाम भएका हुन्।

टे्याङ्ग्रा खोला र खेतीखोलामा आएको बाढी ओभरफ्लो भएर इटहरीका थुप्रै वस्तीमा पसेको छ। बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्नेको घरसम्म पानी आइ पुगेपछि उनीहरु पनि सुरक्षित स्थानको खोजीमा रहेका छन्।

वर्षाले इटहरीको वडा नं। ४, ५, ७, ९, १० र १२ वडाका बस्ती डुवानमा परेको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। ‘अहिलेसम्म ठूलो धनजनको क्षती नभएपनि वस्तीमा पानी पस्ने क्रम बढी रहेको छ,’ इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले भने।

इटहरीमा टेङ्ग्रा खोलामा आएको बाढीले मंगलबार इटहरी– बिराटनगर सडक खण्ड केहीबेर अवरुद्ध बनेको थियो। सडकको भाग खोलाले कटान गर्नुको साथै बाढी सडकमै बगेपछि सुरक्षाकर्मी र इटहरी उपमहानगरले टोलीले अस्थायी बाध बाधेर सडक सूचारु गरेका थिए।

इटहरीका क्षेत्रका विभिन्न वडाका सयभन्दा बढी घर डुबानमा परि सकेको प्रहरीले जनायो। वर्षा नरोकिएका कारण बाढी पसेका स्थानीयसँगै अन्यलाई सर्तकता रहन इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन्।

इटहरीमा ५ वर्षअघि आएको बाढीले ठूलै क्षती पुर्‍याएको र गत कात्तिकमा बेमौसमी वर्षाले बढी नै असर गरेपछि इटहरीका नागरिक त्राहीमाम हुने गरेको छन्। यहाँ २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। गत बर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्