Logo

सप्तकोशीमा यस बर्षकै उच्च बहाव, तटीय क्षेत्रमा सतर्क रहन आग्रह



काठमाडौं, असार १५ । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो छ। सोमबार रातिदेखि बढेको पानीको वहाव मंगलबार साँझ ६.३० बजेको मापन अनुसार एक लाख २८ हजार २२५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये १८ वटा खुल्ला गरिएको छ।

आवश्यकता अनुसार थप ढोका खुल्ला गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ। कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै टुंगो हुँदैन्।

सप्तकोसी नदीमा अहिलेसम्मको पानी मापनको तथ्याङ्क हेर्दा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। त्यसपछि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो। २०६५ भदौं–२ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर कोसी गाउँपालिकाका चारवटा वस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।



प्रतिक्रिया दिनुहोस्