Logo

बाढीले तीन वटा डाईभर्सन बगाउदा नारायणगढ–बुटवल खण्ड ठप्प



काठमाडौं, असार १५ । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड अवरुद्ध भएको छ । खहरेखोलामा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो ।

बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प रहेका छन् । बाटो खुलाउने प्रयास जारी छ ।



प्रतिक्रिया दिनुहोस्