Logo

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।

असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडाध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्वअध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

लिखत सम्बन्धी कसुरमा आरोपीहरूलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्