Logo

टीट्वान्टी सिरिज: भारतले आयरल्याण्डलाई हरायो



काठमाडौं, असार १५ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो । यस जितसँगै भारतले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot