Logo

एमालेको नाममा हामीले कुनै छलफल गरेका छैनौं, वार्ता गर्ने स्थिति पनि छैन् : वेदुराम भुषाल (भिडिओसहित)



काठमाडौंं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुषालले अहिलेको पाँच दलीय गठबन्धनको आवश्यकत्ता अझै रहेको बताएका छन् । उनले कांग्रेसबाहेकको गठबन्धन बनाउनुपर्छ भनेर पार्टीभित्र आवाज उठेको भन्ने कुरा गलत रहेको दाबी गरे ।

आज (बुधबार) विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले आफूहरुले एमालेसँग सहकार्यको लागि कुनै वार्ता तथा छलफल नै नगरेको जिकिर गरे ।

उनले भने,‘एमालेको नाममा हामी कुनै छलफल नै गरेका छैनौं । म तपाईँलाई क्लियर गर्न चाहन्छु । एमालेले जबसम्म लोकतन्त्र र संविधानमाथि गरेको घातलाई स्विकार गर्दैन्, गरेको गल्तीबारे आत्माआलोचना गर्दैन्, तबसम्म सहकार्यको प्रश्न नै छोड्नुहोस, हामीले उसँग वार्ता गर्ने स्थिति पनि छैन् ।’

उनले वामदेव गौतमले नेपालका कम्युनिष्टहरुलाई एकता गर्न नसक्ने पनि दाबी गरे । उनले भने,‘यति ठूला कुरा, यो निश्चित समयमा गर्ने कुरा वस्तुस्थितिले देखाउँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot