Logo

नेपाल परिवार दलका अध्यक्ष ढकाल पनि रोपाईमा सरिक (भिडिओसहित)



काठमाडौं, १५ असार । आज राष्ट्रिय धान दिवस अथवा रोपाई महोत्सव । यस दिवसको अवसरमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि रोपाईमा सरिक भएका छन् । पार्टीका अध्यक्ष एकनाथ ढकालले आफूहरुले आवश्यक स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सांकेतिक रुपमा भएपनि परिवारका सदस्यहरुबीच धान रोपाईमा सरिक भएको र सिंगो देशका आम नेपाली किसान समुदायप्रति ऎक्यबद्धता ब्यक्त गरेका छन् ।

परिवार दलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सम्पूर्ण नेपाली किसान समुदायमा हार्दिक शुभकामना ब्यक्त गर्दछ । मानो रोपेर मुरी फलाउने दिन हो आज । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आबस्यक छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन।कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बृद्धि गर्न सरकारले नेपाली किसानहरुलाई थप प्रोत्साहन गर्नु पर्छ।’

 



प्रतिक्रिया दिनुहोस्