Logo

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम निरन्तरता दिने



काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि गत असार ३ गतेदेखि कार्यक्रम नै स्थगित गर्ने निर्णय गरेको थियो ।
आज एक विज्ञप्ती जारी गर्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अब पनि निरन्तरता दिने जनाएको हो ।

स्वास्थ्य बीमा बोर्डले समस्या चाडै नै सम्बोधन गर्ने र सम्झौता अनुरुप भुक्तानी दिने भनी मंगलबार अस्पताललाई उक्त सेवा नरोक्न पत्राचार गरेको थियो ।

डेढ वर्षदेखि ८ करोड भन्दा बढी भुक्तानी दिन बाँकी भन्दै अस्पताल प्रशासनले बीमा कार्यक्रम नै स्थगित गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्