Logo

धानवाली लगाउने बेलामा मल नपाउदा सर्लाहीका किसान चिन्तित



बखतियार अलि- सर्लाही १५ असार । नेपाल सरकारले आज विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाउदै छन । सरकारले ठुलाे लगानी गरेर धान दिवस मनाई रहदा याे दिवसकाे अलिपनि उल्लास र खुसि किसानहरूमा देखिएकाे छैन । धानवालीकाे लागि पकेट क्षेत्र उर्वर भुमि मानिने सर्लाहीका किसानहरूलाई अहिले धानवाली लगाउन चटाराे छ ।

धानकाे बीउ तयारी अवस्थामा छ, तर मल नपाउदा यहाका किसाहरू दुखि भएकाे छ । ठुलाे मेहनत र लगानी गरेर धानवाली लगाउने ( राेपने) काम गरि रहेकाे किसानले समयमा मल पाएन भने धानवाली हुदैन । लगानी समेत डुबने देखि लिएर घरपरिवारलाई दुईछाक टार्न याे बर्ष धाै-धाै पर्ने किसानहरूले दुखेसाे पाेखेकाे छ ।

सरकारले किसानलाई लक्षित गरेर मल पठाउछ, तर उक्त मल बाटाेमै हराउछ । वास्तविक किसानले मल नपाउदा भारतीय बजारबाट मल किनेर ल्याउन बाध्यता रहेकाे किसाहरूकाे भनाई छ । भारतीय बजारबाट मल किनेर ल्याउदै गर्दा बाेडर चेक पाेषटमा खटेका सुरक्षाकर्मीहरूले अनाहकमा दुख दिने गरेकाे कृषकहरूकाे भनाइ छ । सरकारले पठाएकाे सबसिडीका मल किसानहरूले पाउदैन । डिलर र सहकारी संस्थाहरूले चर्को मुल्यमा बलेकमा बेच्ने गरेकाे किसानहरूले अाराेप लगाएकाे छ ।



प्रतिक्रिया दिनुहोस्