Logo

‘पुटिन महिला भएको भए…’



एजेन्सी, १५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए के हुन्थ्यो ? यो परिकल्पना गरेका छन् बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ।

जोन्सनले भनेका छन् कि पुटिन महिला भएको भए युक्रेनमाथि हमला गर्दैनथिए । युक्रेनमाथि पुटिनको हमलालाई विषाक्त पुरुषोत्वको उपयुक्त उदाहरणको संज्ञा दिएका छन् । जोन्सनले धेरैभन्दा धेरै महिला शक्तिमा आउनुपर्ने धारणा समेत राखेका छन् ।

नाटो देशहरुको बैठक अघि जोन्सनको भनाई सार्वजनिक भएको हो । सम्मेलन मेड्रिडमा हुन गइरहेको छ ।

रुसी राष्ट्रपति पुटिनबारे जी सेभेन देशका नेताहरुले पनि विभिन्न विश्लेषण गरेका छन् । उनीहरुले बैठकमा साथ बसेर पुटिनको शैली, घोडा चढेकोलगायतका विषयको चर्चा गरेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्