Logo

निजगढ विमानस्थलबारे सर्वोच्चको परमादेशमा न्यून वातावरणीय क्षति हुने गरी निर्माण गर्न निर्देशन



काठमाडौं, १५ असार । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा परमादेशको पूर्णपाठ सार्वजनिक गरेको छ । जसमा पुनः सम्भाव्यता अध्ययन गरेर मात्र योजना बनाउन सरकारका नाममा निर्देशन जारी भएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार संलग्नसहितको पाँच सदस्यीय वृहत पूर्ण इजलाशले गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी मुद्दाको फेसलाको पूर्ण इजलाश सार्वजनिक भएको हो । यसअघि मुद्दाको फैसला गरी निर्माण रोक लगाउन भनेपनि १५ असारमा आज पूर्ण लिखित आदेश जारी भएको हो ।

पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र विमानस्थल निर्माणको निर्देशन दिइएको छ । विमानस्थल कहाँ बनाउने भन्नेबारे केही उल्लेख छैन ।

सर्वोच्चको वृहत पूर्ण इजलासमा न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले निजगढमै विमानस्थल बनाउने राय दिएका छन् । कार्कीसहित मनोजकुमार शर्माको राय फरक मत छ । उनीहरुले स्रोत र साधन खर्च भइसकेकाले निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने राय दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्