Logo

२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, असार १६। राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्