Logo

रेनु दाहालसँग के सिक्न पार्टी एकता गर्ने ? खुमलटारे महाराजबाट वैज्ञानिक समाजवाद आउँदैनः गोपाल किराती



काठमाडौं, १६ असार । माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुको औचित्य नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता किरातीले भने, “मिल्ने त मिल्ने तर केका लागि मिल्ने ? भूपू नेता प्रचण्डले रेनु दाहालसँग सिक्नुपर्ने बताउनुभएको रहेछ । रेनुसँग सिक्नका लागि किन एकता गर्ने ? त्यो परिवारवादमा फसेको पार्टी हो । अदालतबाट बोकाइएको पार्टी हो । उहाँ त अदालती माओवादी हो । उहाँ माओवादी आन्दोलनलाई त्यागेर लत्याएर थुकेर हिँडेको हो । अब प्रचण्डसँग एकता गरेर हुन्छ के ? उहाँको गिदीमा आउने चुनावबाहेक केही छैन ।”
उनले प्रचण्ड एमसीसीमा घुँडा टेक्ने मतियार भएको आरोप पनि लगाए । किरातीले भने, “प्रचण्ड एमसीसीमा अमेरिकासँग घुँडा टेक्ने मतियार हो । तथाकथित व्याख्यात्मक घोषणा गरेर एमसीसी पास भयो, एसपीपी आयो । ज्योति बसु, कृष्णप्रसाद भट्टराई, मनमाहेन अधिकारी जति पनि हुने नसक्ने पनि कम्युनिस्ट हुन्छ ? खुमलटारे महाराजको चरित्रबाट वैज्ञानिक समाजवाद आउँदैन ।” उनले विप्लव र किरणको पनि भाउ बढेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्