Logo

राष्ट्रिय क्रिकेट टोलीले सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने



काठमाडौं, असार १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले जानकारी दिएका छन् ।

नेपालले अस्ट्रेलियामा कुन टोलीसख्ग खेल्ने त्यो भने पक्का भएको छैन ।नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासख्ग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न र ओडीआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाख्चौं स्थानमा छ ।

नेपाललाई सीधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडीआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाख्चमा पर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्