Logo

जोन्सनको अभिव्यक्तिप्रति पुटिनको जवाफः अर्जेन्टिनामाथि बेलायती आक्रमण हुँदा मार्गरेट थेचर बेलायतकी प्रधानमन्त्री थिइन्



एजेन्सी, १६ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन्सको अभिव्यक्तिको कडा जवाफ दिएका छन् । पुटिनले महिला भएको भए युक्रेनमाथि हमला गर्दैनथिए भनेका जोनसन्सलाई अर्जेन्टिनामाथि बेलायतको हमला स्मरण गराए जतिबेला मार्गरेट थेचर त्यहाँकी प्रधानमन्त्री थिइन् ।

‘म आधुनिक इतिहास सम्झाउन चाहन्छु जतिबेला मार्गरेट थेचरले अर्जेन्टिनामाथि फल्कल्यान्ड टापुका लागि युद्ध छेडेकी थिइन् । कहाँ छ फल्कल्यान्ड टापु र कहाँ छ ब्रिटेन ? त्यो साम्राज्यवादी महत्वाकांक्षाका साथ चालिएको कदम थियो,’ पुटिनले तुर्केमिनिस्तान भ्रमणमा भने ।

युक्रेनमाथिको हमलालाई जोनसन्सले पुरुषत्वको अतिक्रमणकारी युद्धको संज्ञा दिएका थिए । जोनसन्ससहित जी सेभेन देशका नेताहरुले जर्मनीमा पुटिनलाई नंग्याउने कुरा गरेकामा समेत कडा प्रतिक्रिया दिएका छन् । पुटिनले कम्मरभन्दा माथि जी सेभेनका नेताहरु नांगिन खोजेको हो कि भन्दै त्यो हेर्न नसकिने खालको दृश्य हुने भन्दै व्यङ्ग्य गरे ।

हरेक व्यक्तिमा शरीर र आत्मा दुवै मिलेको र सामञ्जस्यूर्ण हुनुपर्ने भन्दै त्यसका लागि रक्सी धेरै पिउननहुने, गलत बानी छाड्नुपर्ने, नियमित व्यायाम गर्ने र खेलकूदमा सहभागी हुनुपर्ने समेत बताए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्