Logo

तालिवान पाकिस्तानमा हतियार तस्करीमा सक्रिय



एजेन्सी, १६ असार । अफगानिस्तानमा सत्ता कब्जा गरेको इस्लामिक अतिवादी संगठन तालिवानले हतियार तस्करी गर्न थालेका छन् । उनीहरुले योजनावद्ध तरिकाले पाकिस्तानमा हतियार तस्करी गर्न थालेको स्थानीय मिडियाले उल्लेख गरेको छ ।

तालिवानले पूर्वसुरक्षाकर्मीको हतियार जाबुल प्रान्तको हतियार बजारमा बेचेको र प्रायः पाकिस्तानतर्फ तस्करी भएको खुलेको छ । पायक नामको स्थानीय मिडियाले ट्वीटरमा हतियार तस्करीबारे उल्लेख गरेको छ ।

दक्षिणी कान्दाहार प्रान्तमा तालिवान सुरक्षाकर्मीले दर्जनौं राइफलहरु बरामद गरेका छन् । एके ४७, पेस्तोल, गोली, ग्रिनेडसमेत छन् ।

१० महिना अघि अमेरिकी सेनाले अफगानिस्तान छाड्दा ठूलो परिमाणमा हतियार छाडेका थिए । ती हतियारहरु आतंकवादी संगठनको हातमा पुग्न सक्ने खतरा बढेको छ ।-Representative Image



प्रतिक्रिया दिनुहोस्