Logo

विम्बल्डन: राडुकानु दोस्रो चरणबाट बाहिर



काठमाडौं, १६ असार । फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

बुधबार राति चर्च रोडस्थित सेन्टर कोर्ट बेलायती नम्बर एक महिला खेलाडी राडुकानुलाई गार्सियाले ६-३, ६-३ हराइन् । अब, गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।

यता, अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले । अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्