Logo

भारतको आजादीको अमृत महोत्सवमा क्यूबाद्वारा विशेष हुलाक टिकट जारी



एजेन्सी, १६ असार । भारतको आजादीको अमृत महोत्सवमा क्यूबाले विशेष हुलाक टिकट जारी गरेको छ। भारत र क्यूबाबीच भारतबाट चामल आयातको निम्ति १० करोड़ यूरोको ऋण समझौतामा पनि हस्ताक्षर भएको छ।

भारत र क्यूबाबीच सम्बन्धलाई बलियो बनाउनका लागि विदेश कार्यालय परामर्शको प्रक्रिया शुरू भएको छ। परामर्शको दोस्रो वार्तामा भारतीय पक्षको नेतृत्व विदेश सचिव सौरभ कुमारले गरेको र क्यूबाको तर्फबाट विदेश मामिलाहरूका उपमन्त्री अन्यासली रोड्रिग्ज कमेजो रहेको जनाइएको छ ।

क्यूबाको राजधानी हवानामा भएको बैठकमा भारतबाट क्यूबालाई चामल आयातको निम्ति १० करोड़ यूरोको अल्पकालिक ऋण अनुमति गर्नमा सहमति भएको उल्लेख छ । दुवै देशबीच ऋण समझौतामा हस्ताक्षर भएको छ । ऋणको मद्दतले क्यूबाले आफ्नो आवश्यकताहरूको निम्ति भारतबाट चामल आयात गर्नसक्नेछ। यस समय भारतको आजादीको ठछऔं वार्षिकीको अवसरमा आजादीको अमृत महोत्सव मनाइँदैछ। वार्तामा क्यूबाले भारतको आजादीको अमृत महोत्सवको अवसरमा विशेष डाक टिकट पनि जारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्