Logo

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी



एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ५७८ नयाँ संक्रमित थपिएका छन्, जुन यस वर्षको फेब्रुअरी १९ यताकै उच्च हो । फेब्रुअरी १९ मा १९ हजार ९६८ नयाँ संक्रमित भेटिएका थिए । यसै क्रममा बुधबार १३ हजार ७३६ जनाले कोरोनालाई जितेका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ । नयाँ केसहरू मंगलबारको तुलनामा बुधबार २८% ले बढ्यो ।

देशमा सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ। हाल १ लाख २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । यसअघि फेब्रुअरी २७ मा अन्तिम पटक सक्रिय संक्रमितको संख्या १ लाखभन्दा बढी थियो। त्यतिबेला १ लाख २ हजार ६०१ बिरामी उपचाररत थिए । यस पछि, संक्रमितको सख्यामा लगातार गिरावट आएपछि, सक्रिय केसहरू घटेको थियो । सबैभन्दा कम सक्रिय केसहरू १०,८७० अप्रिल १२ मा थिए।



प्रतिक्रिया दिनुहोस्