Logo

म कुनै गुटमा छैन्, कांग्रेसलाई सत्ता चाहिएको थिएन : दिपक गिरी (भिडिओसहित)



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता दिपक गिरीले मुलुकमा किसानको लागि मल उद्योग खोल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले आफू पार्टीमा कसैको पनि क्याम्पमा नरहेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आफू पार्टीको क्याम्पमा रहेको सुनाए ।

यद्धपी आफू १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट चुनाव लडेको गिरीको भनाई छ । उनले आफूले सकेसम्म निस्वार्थ भएर काम गरेको जिकिर गरे । उनले आफूले कहिल्यैपनि गुटको प्रतिनिधित्व भएर काम नगरेको स्पष्ट पारे । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न नडराउने बताए ।

उनले गठबन्धनभित्र समस्या रहेपनि नेताहरुले समस्या समाधान गरेर जानेमा आफू विश्वस्त रहेको सुनाए । उनले आफूहरुलाई सत्ता नचाहिएको तर आवश्यकत्ताको कारण पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हालेको सुनाए । उनले वामदेव गौतमले तीन महिनाभित्र कम्युनिष्टहरुबीच एकता गर्ने घोषणा गरेकोलाई दिवा सपनाको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्