Logo

एमाले र एकीकृत समाजवादी एकताको सम्भावना के छ ? यसो भन्छन् नेताहरु (भिडिओसहित)



काठमाडौं, १६ असार । नेकपा (एमाले) का प्रभावशाली युवा नेता माधव ढुंगेलले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरुबीच एकता हुने सम्भावना रहेको बताएका छन् । एकता र सहकार्यको सम्भावना नहुने भन्ने कुरै नभएको बताउँदै ढुंगेलले कसैलाई हटाउने र पद प्राप्तिसँग जोडेर भने गर्न नहुने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वार्थसहित गरिएको एकता टिकाउ नहुने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै जानेगरि तयार गरेको सुनाए ।

तर, वाम एकताको बाटोलाई भने बन्द नगरिएको उनको भनाई छ । उनले आफूहरुको कारण वाम एकतामा बाधा नपुग्ने जिकिर गरे । उनले वामदेव गौतमले सुरु गरेको एकता अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

उता, नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण चोङवाङले पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता असम्भव भन्नु गलत हुने बताए । राजनीतिमा सबै कुरा सम्भव हुने उनको भनाई छ । यद्धपी उनले व्यक्ति केन्द्रित एकता भने गर्न नहुनेमा जोड दिए । एकताको लागि विचारलाई प्रधानमा राखिनुपर्नेमा उनको भनाई छ । उनले आफूहरुले कम्युनिष्ट पार्टीलाई सही दिशाबाट डोर्याउनुपर्छ भनेर एमालेसँग विद्रोह गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्