Logo

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी रामेछापमा दुर्घटना



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौं फर्कने क्रममा गुरुङ चढेको बा १९ च १८३९ नम्बरको स्कर्पियो रामेछापको गोगनेमा सडक किनारबाट सडक छोडेर तल गएको हो ।

गुरुङ कांग्रेस केन्द्रीय सदस्य तथा ओखलढुंगाका नेता प्रदीप सुनुवारकी श्रीमतीको मृत्युमा परिवारलाई भेट्न गएर फर्केका थिए । गाडीमा कांग्रेस नेताहरु रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।

गाडीमा सवार सबै सशकुल रहेको र गाडीलाई डोजर र ट्याक्टरको सहायताले निकाल्न लागिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot