Logo

कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक १ बजे



काठमाडौं, १६ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आज स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बस्दैछ । समितिका संयोजक तथा उपसभापति पुर्णबहादुर खड्काले आज दिउँसो दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएकोले त्यसअघि परिचालन समितिको बैठक बोलाइएको हो । आजै दिउँसो २ बजे नेता डा.शेखर कोइरालाले पनि आफु पक्षधरको बत्तिसपुतलीको फ्डल्याण्ड ब्यांक्वेटमा बैठक बोलाएका छन् ।

सभापतिले भातृसंस्थाहरुमा एकलौटी गरेको भन्दै कोइराला पक्षले रणनीति बनाउने जनाइएको छ । तर, परिचालन समितिको सदस्यमा कोइराला पक्षका शीर्ष नेताहरु पनि सदस्य छन् ।

 



प्रतिक्रिया दिनुहोस्