Logo

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिने पक्राउ



रौतहट, १६ असार । आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दुःख हैरानी दिएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरी हुँ भन्दै हिड्ने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका–४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्