Logo

फिलिपिन्सका राष्ट्रपति मार्कोस जसको पिताबाट हजारौंको हत्या आमाका हजारौं जुत्ता



एजेन्सी, १६ असार । उनका पिता क्रुर तानाशाहका रुपमा चिनिन्थे । उनकी आमा इमेल्डा मार्कोसको जुत्ताको विषय सासारभर अझै चासोको विषय बनेको छ । उनी हुन् फिलिपिन्समा आजबाट राष्ट्रपति बनेका फर्नान्डो मार्कोसको छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर । उनका पिताको २ दशक लामो शासनकालमा सेना र प्रहरीले विरोधीहरुको हत्या गरे । उनकी आमाले हजारौं जुत्ता संकलन गरिन् । भनिन्थ्यो उनी एकपटक लगाएको जुत्ता सायदै लगाउँथिइन् ।

फर्नान्डोले इमेल्डालाई विवाह गर्नुले नै राष्ट्रपति बन्न सजिलो भएको थियो । उनी सुन्दर थिइन् । फर्नान्डो सन् १९६५ मा राष्ट्रपति निर्वाचित हुँदा इमेल्डा नै मुख्य कारण बनिन् । उनका लाखौं फ्यान थिए । इमेल्डाको सुन्दरताका कारण लाखौं मानिस हेर्न आउँथे ।

मार्कोसको सत्ता ढलेपछि उनीहरुको मालाकानाङस्थित दरबारबाट इमेल्डाका साँढे ७ हजार जुत्ता भेटिएको थियो । टाइम म्यागाजिनले एक हजार ६० वटा भनेको छ । १५ वटा विशेष कोट, ५०८ गाउन्स, ८८८ ह्यान्ड ब्याग भेटिएको उल्लेख छ ।

सन् १९८६ मा फिलिपिन्स छाडेर अमेरिका जाँदा दशौं लाख अमेरिकी डलरको नोट, गहना र सुनका ढिक्मा समेत लिएर गएका थिए । मार्कोसको शासनकालमा इमेल्डा नै विचौलिया बनेर सरकारी कामकाजमा ठूलो धनराशी कमाउँथिइन् । उनले सत्तामा रहेका नेताहरुका पत्नीहरुको एउटा समूह नै बनाएर काम गर्थिन् । मार्कोस परिवारमा फर्डिनान्ड भन्दा इमेल्डा झन् चलाख र शक्तिशाली देखिन्थिन् ।

उनै फर्डिनान्ड र इमेल्डाका छोराको फिलिपिन्समा पुनः उदय भयो । मार्कोसको उदय अनेपेक्षित थिएन । उनीसँग पिताको विरासत थियो । तर, त्यस्तो विरासत जसले फिलिपिन्समा कठोर शासन गरेको थियो ।

मार्कोसको शासनमा दमन र भ्रष्टाचारहरु धेरै भए । ३६ वर्ष अघि सन् १९८६ मा फर्डिनान्ड मार्कोसको शासनको पतन भयो । फिलिपिन्समा जनताले विद्रोह गरी निरंकुश शासनलाई ढालिदिएका थिए । त्यसपछि उनको परिवारले मार्कोसमाथिको आरोपको खण्डन मात्र गरिरह्यो ।
मार्कोसको उदय हुनुमा फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे पनि कारण हुन् । उनले नै मार्कोस जुनियरलाई साथ दिए । डुटेरटेकी छोरी सारा डुटेरटे उपराष्ट्रपति बनिन् । छोरीलाई उपराष्ट्रपति बनाउने गरी डुटेरटेले मार्कोसलाई साथ दिए ।

मार्कोस जुनियरले सपथ लिएपछि पहिलो भाषणमा आफ्ना तानाशाह पिता फर्डिनान्ड मार्कोसको स्मरण गरेर श्रद्धाञ्जली व्यक्त गरे । उनी आफ्ना पितालाई महान देखाउन छाडेका छैनन् ।-Photo Source: nikkeiasia



प्रतिक्रिया दिनुहोस्