Logo

अमेरिकाको ८ वर्षे बसाईपछि अरुणिमा लम्साल नेपाल आइन्



काठमाडौं, १६ असार । विदेश प्रतिको मोह सामान्य व्यक्तिलाई मात्र नभएर कलाकारहरुलाई पनि त्यत्तिकै छ । फिल्ममा रमाउँदै गर्दा ८ वर्ष अघि अभिनेत्री अरुणिमा लम्साल पनि अमेरिकी पसेकी थिइन् । नेपाल र चलचित्र छाडेर उनी २०१५ तीर परिवारैसहित अमेरिका भासिएकी हुन् ।

अमेरिकामा अहिले उनी श्रीमानसँग अलग भएर एक छोरीसँगै बस्दै आएकी छिन् । ८ वर्षपछि मात्रै उनी नेपाल आउने अवसर पाएकी अरुणिमा यतिबेला उनी पुराना साथीहरुसँग भेटघाटमा ब्यस्त छिन् ।

यसैक्रममा उनी बुधबार हास्य कलाकार किरण केसीको जन्मदिनमा समेत सहभागी भएकी थिइन् । त्यसैगरी, मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेट गरिन् । उनले सामाजिक सञ्जालमा रेखासँगको फोटो शेयर गरेकी छिन् । उनीहरु निकै घनिष्ठ साथी थिए । दुई अभिनेत्रीले धेरै फिल्ममा सँगै काम गरेका छन् । ५० भन्दा बढी फिल्ममा काम गरेकी अरुणिमा फिल्म क्षेत्रमा नै कमब्याक गर्ने पत्रकारहरुलाई आशय दिइन् ।



प्रतिक्रिया दिनुहोस्