Logo

जुरेलीको हिलोमै युवकसँग रेस्लिङ्ग भिडन्तपछि करिश्मा टाप



काठमाडौं, १६ असार । जुरेलीले हीलोमै रेस्लिङ्ग खेल्नुपर्यो । त्यो पनि बलिष्ठ शहरीर भएकासँग ।

१५ असारको राष्ट्रिय धान दिवस मनाउन युवा संघको कार्यक्रममा भैंसेपाटीमा पुगेकी थिइन् रेस्लर जुरेली । अस्मिता जुरेलीले हीलोमा खेल्दा खेल्दै एकजना पुरुषले समातेर हिलोमा लडाएको भन्दै जुरेलीले प्रतिकार गरिन् । अस्मितासँग पुरुषले ठेलाठेल गरे । यसको भिडियो भाइरल भएको छ ।

अस्मिताले युवकसँग लडिरहँदा नेकपा एमालेमा हालै प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर पनि नजिकै थिइन् । उनी केहीबेर मूकदर्शक बनिन् । विवाद निकै बढ्ने देखेर रोपाईं मनाइरहेको स्थानबाट हत्तपत्त निस्किएर आफ्नो बाटो लागेकी थिइन् ।

युवा संघले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि पुगेका थिए । तर, उनीहरु गइसकेका थिए ।



प्रतिक्रिया दिनुहोस्