Logo

रोहिंग्या मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न विश्व हिन्दु परिषदको माग



काठमाडौं, १६ असार । विश्व हिन्दु परिषदले रोहिंग्या मुसलमानहरु नेपालको लागि खतरा रहेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको छ । परिषदले मुसलमानहरुलाई नेपाल प्रवेश गराउनेलाई पनि कडा कारवाही गर्न माग गरेको हो ।

परिषदले काठमाण्डौको कपन लगायतका विभिन्न ठाउँमा अबैध रुपमा रहदै आएका राहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको भन्दै काठमाडौं, बारा, कास्की, बाँके, भक्तपुर, पर्सा र रुपन्देहीका जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

परिषदले देशको सुरक्षालाई प्राथमिकतामा राखेर रोहिंग्या लगायतका गैर कानुनी रूपमा बस्दै आएका मुसलमानहरूलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको हो । इस्लामिक जिहादीहरूद्वारा गौहत्या, लव जिहादी एवं बहुसंख्यक हिन्दू जनतामाथि चवर दमन आक्रमणका घटनाक्रम तिव्र रहेकै अवस्थामा यस किसिमका गतिविधि हुन थप शंकास्पद रहेको समेत परिषदले उल्लेख गरेको छ । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्