Logo

विद्युतिय मतदान यन्त्र साउन मसान्तसम्म उपलब्ध गराउन आयोगको आग्रह



काठमाडौं, १६ असार । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो ।

‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत

नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्