Logo

अमेरिकाको हाइपरसोनिक मिसाइल परीक्षण असफल



एजेन्सी, १६ असार । अमेरिकाले गरेको हाइपरसोनिक मिसाइलको परीक्षण असफल भएको छ । बुधबार हवाइमा उक्त परीक्षण असफल भएको ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ ।

पेन्टागनको स्रोत उल्लेख गर्दै ब्लुमवर्गले परीक्षणमा गतिरोध उत्पन्न भएको जनाइएको छ । अमेरिकाले हाइपरसोनिक मिसाइलको विकास गरिरहेको छ । उसले सन् २०२० को सुरुमै विकास गरिसक्ने लक्ष्य लिएको छ ।

रुस र चीनले हाइपरसोनिक मिसाइलको परीक्षण गरिसकेका छन् । यस्तो मिसाइल आवाजभन्दा धेरै गुणा तिव्र गतिमा र लामो दूरी पार गर्न सक्ने खालका हुन्छन् ।-Photo Source: US Navy



प्रतिक्रिया दिनुहोस्

Screenshot