Logo

गगन थापा ढिलोगरि पुगे शेखर गुटको भेलामा



काठमाडौं, १६ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापा शेखर कोइराला समूहको भेलामा ढिलोगरि सहभागी भएका छन् ।

आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा नदेखिएपछि गगनबारे चर्चा चलेको थियो ।

कतिपयले गगनले शेखर गुट छाडेकोसम्म भन्न भ्याए । तर, उनी अवेर गरी उक्त भेलामा सहभागी भएका छन् ।

थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका हुन् ।

सुरुमा युवाहरुको तर्फबाट उक्त भेलामा चन्द्र भण्डारीमात्र सहभागी भएको चर्चा चलेको थियो ।

यसअघि रिपोर्टर्स नेपाल डटकमले पनि थापाले शेखरको गुट छाडेको समाचार प्रकाशित गरेको थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal

गगन थापाले शेखर गुट छाडे

file photo



प्रतिक्रिया दिनुहोस्