Logo

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं, १६ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्नको लागि कांग्रेसले यही असार २७ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । पछिल्लो समय कांग्रेसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिएका थिए ।

अरु पार्टीले निर्वाचनको समिक्षा गरिसकेको अवस्थामा कांग्रेसले ढिलो गर्न नहुने उनीहरुको भनाई थियो ।  उता, पार्टीको केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा भने शेखर कोइराला समूहले भने छुट्टै भेलाको आयोजना गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्