Logo

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकले ‘१०।५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०।५० प्रतिशत ब्याजदर पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्