Logo

राजेश हमाल बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगे



काठमाडौं, १७ असार । नेपाली फिल्मका महानायक राजेश हमालले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । हमाल शुक्रबार बिहान ८ बजे प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रचण्ड र हमालबीच राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक,नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुरा भएको चेतन सापकोटाले जनाएका छन् ।

भेटघाटको समन्वय संगितकार चेतन सापकोटाले गरेका हुन् । हमालले विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योगलाई अफ्ठ्यारो भएकोबारे प्रचण्डलाई ध्यानाकर्षण गराएको बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्