Logo

प्रकाश दाहालको जन्मजयन्तीमा को को पुगे



काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक मात्र छोरा स्व. प्रकाश दाहालको आज ४१औं जन्म जयन्ती हो ।

प्रचण्डको एकमात्र सुपुत्र प्रकाश २०३८ सालमा चितवनमा जन्मिएका थिए । प्रकाशको मृत्यु अल्पआयुमै ह्दयघातको कारण २०७४ साल मंसिर ३ गते काठमाडौंको आफ्नै निवासमा भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा आज प्रकाशको जन्मजयन्तीमा अवसरमा उनको तस्बिरमा श्रद्धाञ्जली दिइएको छ । श्रद्धान्जली कार्यक्रममा प्रचण्ड, संगितकार चेतन सापकोटा, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ लगायतको सहभागी थियो ।

अत्यन्तै सरल स्वभावका प्रकाशले विवाह तीनजना महिलासँग गरेका थिए । पहिलो माओादीकै नेता पोष्टबकहादुृर बोगटीको छोरी प्रभा बोगटीसँग उनले विवाह गरेका थिए । उनीसँग सम्बन्ध विच्छेदभएपछि उनले परिवारकै सहमतिमा दोस्रो विवाह पोखराकी सिर्जना त्रिपाठीसँग विहे गरेका थिए ।

सिर्जना र प्रकाशको एक छोरा समेत रहेका छन् । र, तेस्रो विवाह उनले २०६९ असार २१ गते बीना मगरसँग औपचारिक रुपमा गरेका थिए । उनीहरुको एक छोरा पनि छन् ।

 



प्रतिक्रिया दिनुहोस्