Logo

सभापति देउवा अरुको निम्ति दानबीर हुनुभयो तर पार्टीभित्र निर्दयी बन्नुभएको छ : डा. चन्द्र भण्डारी (भिडिओसहित) 



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीले स्थानीय तहको निर्वाचनको बारेमा समिक्षा नगरेको गुनासो पोखेका छन् । उनले देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा आफूहरु मौन बस्नु न्यायसंगत नहुने देखेर नै भेला आयोजना गरेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवा एकपछि अर्को गरेर सफल बनेको सुनाए ।

उनले सभापति देउवा अरुको निम्ति दानवीर बनेको भएपनि पार्टीभित्र भने निर्दयी बन्ने गरेको आरोप लगाए । उनले आफूहरुले पार्टी सभापतिलाई पार्टीभित्र पनि दानबीर बनाउन खोजेको बताए । उनले अब उमेरको कारणले पनि देउवाले पार्टीको नेतृत्व र सरकारको नेतृत्व धेरै लामो समयसम्म गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

पार्टी बलियो बनाउनको लागि पनि आन्तरिक विवाद हल गरेर नै जानु सबैको हितमा हुने आफूहरुको भनाई रहेको भण्डारीले स्पष्ट पारे । उनले आफूहरुले पार्टीमा कुनै गुट नचलाएको दाबी गरे । उनले भने,‘हामी विचार समूह हौं । हामीले व्यक्ति र गुटको लागि राजनीति गरेको होईन ।’

उनले कांग्रेसको नेतृत्व अब आफूहरुको हातमा आउन थालेको पनि चर्चा गरे । उनले आफूहरुले मुलुक र जनताको हित हुनेगरि पार्टीमा विद्रोह गर्ने जानकारी दिए । उनले आफूहरु जनताको आवश्यकत्ता सम्बोधन गर्नेगरि काम गर्न आँतुर रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्