Logo

शेखर कोइराला पक्षका नेताहरुको भेला आज २ बजे



काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि बस्ने भएको छ ।

बिहीबार पनि बसेको कोइराला पक्षको भेला शुक्रबार २ बजे पनि बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा बस्दैछ ।

आजको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले विचार राख्ने जनाइएको छ।

बिहीबारको बैठकले सभापति शेरबहादुर देउवाले निर्णयमा एकलौटी गरेको भन्दै आफ्नो पक्षधरलाई बेवास्ता गरे प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्