Logo

ह्याप्पी बर्थडे रिया, सुशान्तको मृत्युपछि हातमा काम छैन्



एजेन्सी, १७ असार । बलिउड अभिनेत्री रिया चक्रवर्ती आज ३० वर्षकी भइन् । रियाको जन्म १ जुलाई १९९२ मा बैंगलोरमा भएको थियो ।

भिडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी रियाले २०१२ मा तेलुगु फिल्म टुनेगा–तुनेगाबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् ।

यसपछि उनले २०१३ मा आएको फिल्म मेरे डेड की मारुतीबाट बलिउडमा डेब्यू गरीन् । रिया सन् २०१८ मा आएको जलेबीसहित करिब ८ फिल्ममा देखिएकी थिइन् । तर, उनको जीवन २०१९ मा परिवर्तन भयो जब उनले सुशान्त सिंह राजपुतसँग डेट गर्न थालिन् । दुवैले यो सम्बन्ध गोप्य राखे पनि पापाराजी र सामाजिक सञ्जालको नजरबाट उनीहरु बच्न सकेनन् ।

सन् २०२० जुन १४ मा सुशान्त सिंह राजपुतको शव पंखामा झुण्डिएको अवस्थामा फेला पर्दा सुशान्त र रिया सँगै बसिरहेका थिए । रियाले सामाजिक सञ्जालमा सबै कुरा सुन्न थालिन् । झण्डै १ महिना जेलमा बिताएपछि रिया रिहा भएपनि उनको जीवन भने उस्तै रहेन ।

चलचित्र हातबाट बाहिर गयो र नयाँ चलचित्र आउन बन्द भए । फलस्वरूप, रियाले कामको खोजीमा साउथका फिल्ममेकरहरूसँग चक्कर लगाउनुपर्ने भयो।

अहिले रिया आफ्नो जीवनलाई ट्रयाकमा फर्काउने प्रयासमा छिन् ।



प्रतिक्रिया दिनुहोस्