Logo

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवस सम्पन्न



काठमाडौं, १७ असार । नेपाल स्वास्थ्य प्राविधिक संघले ४४औं स्थापना दिवस बिहीबार सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यमा र संस्थाको अध्यक्ष बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा स्थापना दिवस सम्पन्न भएको महासचिव श्यामकुमार ओलीले जानकारी दिए ।

टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको हलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खापुङले नेपाल स्वास्थ्य प्राविधिक संघसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देश डा.दिपेन्द्र रमण सिंहले स्वास्थ्य सेवा घरघर पुर्याउनुपर्ने र त्यसको लागि सहयोग र एड्भोकेसी गरिदिन प्यानलाई समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा हरि लम्साल, केदार बस्नेत, काशीनाथ रिमाल, डा.हरिशचन्द्र उप्रेती, भागवत नेपाल, भक्तिमान सुब्बा लगायत १८५ जना स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्