Logo

नबिल बैंकका नवनियुक्त सिइओ ढुंगानाद्धारा पदभार ग्रहण



काठमाडौं, १७ असार । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले पदभार ग्रहण गरेका छन् । ढुंगानाले आज असार १७ गते शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

बैंकको असार १६ गते सम्पन्न भएको संचालक समितिको बैठकले सिइओमा ढुंगानालाई नियुक्त गरेको थियो ।

ढुंगानासँग बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा १० वर्ष सम्म नेतृत्व गरेको अनुभव छ । साथै, उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रहेर काम गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वाराManager To Watch र सन् २०१५ मा Manager of the Year  विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्