Logo

शुक्रबार सामान्य अंकले नेप्से घट्दा डेढ अर्बको कारोबार



काठमाडौं, १७ असार । साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । शुक्रबार २ घण्टामात्र कारोबार हुने शेयर बजारमा ८ अंकको गिरावट आएको हो

आज नेप्से परिसुचक ८ दशमलव ८७ अंकले घटेर २०२८ दशमलव ७७ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १७ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुुसार आज २२१ कम्पनीको १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार २२० कित्ता शेयर खरिद विक्रि भएको हो । शुक्रबार व्यापार, फाइनान्स र माइक्रोफाइनान्स बाहेक सबै सुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्