Logo

कैलालीमा बेपत्ता भएकै ठाउँमै बालकको शव फेला



काठमाडौं, १७ असार । कैलालीमा एक बालकको शव फेला परेको छ । गौकन्द्री खोलामा ११ वर्षीय निखिल विकको शव खोलामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

विक बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बेला नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । खोलाले बगाएर बेपत्ता भएपछि प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गर्दा पनि बालक फेला परेका थिएनन् ।

तर, आज उनी बेपत्ता भएकै स्थानमा फेला परेको स्थानीयले जनाएका छन् । बालकको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्