Logo

बाग्मती र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री फेर्न माधव नेपालको प्रस्ताव, गठबन्धनको बैठक बस्दै



काठमाडौं, १७ असार । सत्तारूढ पाँच दलीय गठबन्धनमा बाग्मती र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नेगरि छलफल सुरु भएको छ । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउनेगरि गृहकार्य थालेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाग्मतीको मुख्यमन्त्री हटाउने हो भने सुदुरपश्चिम प्रदेशको पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

आज विहानपनि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच यो विषयमा छलफल भएको थियो । माधव नेपालले बाग्मतीको मुख्यमन्त्री परिवर्तन गर्ने हो भने सुदुरपश्चिम प्रदेशको पनि परिवर्तन गरौं भन्ने प्रस्ताव राखेको बालुवाटारनिकट स्रोतले जनाएको छ। बाग्मतीको मुख्यमन्त्री बन्नुअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सरकारको नेतृत्व कांग्रेस र समाजवादीबीच आलोपालो गर्नेगरि सहमति बनेको थियो ।

तर, सहमति कार्यान्वयन गर्ने बेला आउँदासम्म मुख्यमन्त्री पाण्डेले कुर्सी छोड्न आलटाल गरेपछि कांग्रेस बाग्मतीका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उनलाई हटाउनेगरि गृहकार्य थालेका छन् । खासगरी कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसमेत संकलन भैसकेको छ ।

आज/भोलिभित्र सहमति कार्यान्वयन नगरे मुख्यमन्त्री पाण्डेलाई हटाउनेगरि तयारी गरिसकेको कांग्रेसका एक नेताले जनाए । तर, कांग्रेस र माओवादी केन्द्रका नेताहरुको यस्तो गृहकार्यबाट असन्तुष्ट छन् । उनले बाग्मतीको मुख्यमन्त्री त्याग्नुपरे सुदुरपश्चिम प्रदेशको लिने अडान लिएका छन् । सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । file photo



प्रतिक्रिया दिनुहोस्