Logo

मोरङमा स्कुल बसको ठक्करबाट २ विद्यार्थीको मृत्यु



काठमाडौं, १७ असार । मोरङमा स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ । विद्यालय छुट्टी भएर घर जान तयार भएका बेला आफ्नै विद्यालयको बसले ठक्कर दिएर माउण्ट मकालु बोर्डिङ स्कुलका २ विद्यार्थीको मृत्यु भएको हो ।

मोरङको रंगेली–७ मा रहेको उक्त विद्यालयका विद्यार्थीलाई को १ ११३० नम्बरको बस अनियन्त्रित भई ४ वर्षीय ऋतिक मण्डल र ५ वर्षीया सोनमकुमारी मण्डलको मृत्यु भएको जनाइएको छ ।

ऋतिकको घटनास्थलमै मृत्यु भएको र कुमारीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। द्ुर्घटनापछि आक्रोसित भएका स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपुर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । स्थानीयले विद्यालयको २ वटा गाडीमा समेत तोडफोड गरेका छन् ।

पीडित पक्ष र नगरप्रमुख, वडा अध्यक्षसहितको बैठकले पीडित परिवारका दुई बालबालिकालाई रंगेली नगरापालिका भित्रका जुनसुकै नीजि विद्यालयमा उच्च शिक्षासम्म निशुल्क शिक्षा दिने सहमति भएको छ।

 



प्रतिक्रिया दिनुहोस्