Logo

सर्लाहीका जिसस प्रमुख सिंह एक्सनमा, जिल्लाका २० वटै पालिकासंग प्रगति समीक्षा बैठक



बखतियार अलि । नवनिर्वाचित जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह एक्सनमा उत्रिएका छन् । सर्लाहीका २० वटै पालिकासंग आर्थिक बर्ष २०७८र०७९ मा गरेको बिकास निर्माण तथा बितिय ब्यबस्थापनको प्रगति समीक्षा बैठक प्रमुख सिंहले आज सम्पन्न गरेका हुन् ।

जिल्ला समन्वय समिति सर्लाहीले आर्थिक वर्ष २०७८र०७९ को लागि पालिकास्तरीय वार्षिक कार्यक्रम एवं प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको हो । प्रमुख सिंहले समीक्षा बैठकमा मन्तव्य राख्दै भने जिल्ला समन्वय समिति सर्लाहीको अधिकार क्षेत्रमा रहि बार्षिक २ चोटी प्रगति समीक्षा बैठक गर्ने बताए।

साथै, अब जिल्ला समन्वय समिति सर्लाही पालिकाहरूको नियमित अनुगमन गर्ने उनले बताउदै अब जिल्लाको कुनै पनि पालिकामा हुने बेथिति, अनियमितता सहनीय हुने छैन् । जनअपेक्षा अनुसार काम गर्न प्रमुख सिंहले सबै स्थानीय सरकारलाई निर्देशन दिए । आम जनताको चाहना बमोजिम काम गर्न गराउन उनले सबै पालिका प्रमुखहरूलाई आग्रह समेत गरे । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको संयोजकत्वमा सम्पन्न भएको गोष्ठीमा गत आर्थिक वर्ष २०७८र०७९ मा जिल्लाका २० वटा पालिकाहरुमा भए गरेका कार्यक्रमहरुको प्रगतिमाथि समिक्षा गरिएको थियो । गोष्ठीमा सहभागी नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आ–आफ्नो पालिकाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सदरमुकाम मलंगवास्थित जिसस सर्लाहीको सभाहलमा आयोजित कार्यक्रममा जिसस उपप्रमुख जितेन्द्र कुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिसस अधिकारी होमनाथ सुवेदी, मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, कबिलासी नपा मेयर ब्रह्मदेव राय, उपमेयर पुनमदेवी कर्ण, नागरिक समाजका शिवचन्द्र चौधरी, जिसस सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु लगायत पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी सुवेदीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्