Logo

देशभर मनसुनी वायुको प्रभावः यी क्षेत्रमा आज भिषण वर्षाको सम्भावना



काठमाडौं, असार १८ । सक्रिय मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा सामान्य बदली हुने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा भिषण वर्षाको सम्भावना रहेको छ ।

आज देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

अहिले प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा हल्का बर्षा भइरहेको छ । महाशाखाका अनुसार भोलीसम्म सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्